मिर्गाैला ‘फेल’ भएका बालक रकम अभावले समस्यामा
बुटवल : दुवै मिर्गौला बिग्रिएका १५ वर्षीय मिलन सार्की नेपालीको उपचारमा समस्या भएको छ।
पाल्पा रामपुर नगरपालिका वडा नं ९ जब्गादी घर भई हाल बुटवलमा बसोबास गर्दै आएका मिलनको दुवै मिर्गौलाले काम गर्दैन तर रकम अभावका कारण उपचारमा समस्या परेको हो।
परिवारको आर्थिक अवस्था नाजुक हुँदा मिलनको उपचारका लागि सहयोग जुटाइदिन परिवार, आफन्तले सबैसँग अनुरोध गरेका छन्। अहिले उनको उपचार गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा भइरहेको आफन्त दिलमाया नेपालीले जानकारी दिइन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य