Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

निर्मला हत्या प्रकरणमा थप चार जनाकाे ‘डीएनए नेगेटिभ’

निर्मला हत्या प्रकरणमा थप चार जनाकाे ‘डीएनए नेगेटिभ’
काठमाडौ : कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि भएको हत्याको अनुसन्धानका लागि आशंका गरिएका अरू चार जनाकै डीएनए परीक्षण नेगेटिभ आएको छ।
निर्मलाको भेजाइनल स्वाबबाट लिइएको नमूनासँग उनीहरूको नमूना मेल नखाएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुवेर कठायतले जानकारी दिए। यसअघि प्रहरीले अभियुक्त भनी पक्रेका दिलीपसिंह बिष्टको डीएनए पनि निर्मलाको भेजाइनल स्वाबको नमूनासँग मिलेको थिएन। चारै जनाको डिएनए विधिविज्ञान प्रयोगशालामा गरिएको प्रहरीकाे भनाइ छ।
प्रहरीले कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज बिष्ट, उनका छोरा किरण र स्थानीय सुरेन्द्र विष्टको डीएनए परीक्षण गरेको थियो। उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको थियो। गत साउन ११ गते उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा निर्मलाको शव फेला परेको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन