निर्मला हत्या प्रकरणमा थप चार जनाकाे ‘डीएनए नेगेटिभ’
काठमाडौ : कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि भएको हत्याको अनुसन्धानका लागि आशंका गरिएका अरू चार जनाकै डीएनए परीक्षण नेगेटिभ आएको छ।
निर्मलाको भेजाइनल स्वाबबाट लिइएको नमूनासँग उनीहरूको नमूना मेल नखाएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुवेर कठायतले जानकारी दिए। यसअघि प्रहरीले अभियुक्त भनी पक्रेका दिलीपसिंह बिष्टको डीएनए पनि निर्मलाको भेजाइनल स्वाबको नमूनासँग मिलेको थिएन। चारै जनाको डिएनए विधिविज्ञान प्रयोगशालामा गरिएको प्रहरीकाे भनाइ छ।
प्रहरीले कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज बिष्ट, उनका छोरा किरण र स्थानीय सुरेन्द्र विष्टको डीएनए परीक्षण गरेको थियो। उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको थियो। गत साउन ११ गते उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा निर्मलाको शव फेला परेको थियो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण