Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

क्यान्सर जितेकी मनिषाकाे अात्मकथा ‘हिल्ड’

क्यान्सर जितेकी मनिषाकाे अात्मकथा ‘हिल्ड’

काठमाडौं : बलिउड अभिनेतृ मनिषा कोइरालाले  डिम्बाशयकाे क्यान्सर हुँदा भोगेको कष्टलाई उतारेर लेखेको पुस्तक सार्वजनिक गरेकी छिन्।

क्यान्सरसँगको लडाइँमा केन्द्रित भएर उनले लेखेको किताब ‘हिल्ड’ सार्वजनिक गरिएको हो। निलम कुमारको सहयोगमा लेखेको किताबको उपशीर्षक  ‘क्यान्सरले कसरी मलाई नयाँ जीवन दियो?’ उपशीर्षक राखिएकाे छ।

किताबको कभर ट्विटरमा सार्वजनिक गर्दै मनिषाले लेखेकी छन्, ‘आफैँलाई पत्ता लगाउन र फेरि जीवनकाे मापन गर्न क्यान्सरले मलाई पाठ सिकाएको छ। प्रिय साथीहरु तपाईँहरूलाई म आफ्नो पहिलो पुस्तक टक्र्याउँदै छु।’

क्यान्सर हुँदा उनले भाेगेकाे निराशा, अनिश्चितता र भयबारे किताबमा उल्लेख गरेकी छिन्। मनिषा सात वर्षअघि डिम्बाशयकाे क्यान्सरबाट पीडित भएकी थिइन्। अमेरिकामा लामो उपचारपछि उनी क्यान्सरमुक्त  भएकी थिइन्। उनको क्यान्सरको निदान सन् २०१२ मा भएको थियो।

नेपाली चलचित्र फेरि भेटाैँला मा अभिनय गरेसँगै नेपाली चेली मनिषाले ‘सौदागर’ चलचित्रबाट बलिउडकाे यात्रा सुरू गरेकी थिइन्। थुप्रै हिट फिल्ममा काम गरेकी उनी ९० काे दशकमा नम्बर १ नायिकाको दौडमा समेत थिइन् ।

मनिषाकाे ट्वीट–

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि