Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मधुमेहसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

मधुमेहसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं : विश्व मधुमेह दिवसको अवसरमा त्रिवि शिक्षण अस्पतालमा निःशुल्क मधुमेह स्वास्थ्य शिविर आयोजना गरिएको छ।

नेपाल डाइबेटिक एसोसिएसन र त्रिवि शिक्षण अस्पतालको आयोजनामा भएको शिविरमा मधुमेह, स्वस्थ आहार, व्यायाम र मधुमेहबाट हुन सक्ने जटिल अवस्थाको जानकारी दिइएको छ। कार्यक्रममा मधुमेहको जाँच र शरीरको तौल जाँच गरिएको छ।

नेपाल डाइबेटिक एसोसिएसनका डाइटिसियन शिखर दाहालका अनुसार शिविरमा दिनभर करिब एक हजार देखि १२ सय मानिस सेवाका लागि आउने अनुमान छ। शिविरमा  क्वीज, जुम्बा नाच सञ्चालन गरिनुका साथै सन्तुलित आहारको योजनालगायत परामर्श प्रदान गरिएकाे छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन