एम्बुलेन्स भाडामा लगाउन नपाइने
गोरखा : लापरवाही बढेपछि एम्बुलेन्स सञ्चालनमा कडाइ गरेको छ। सोमबार जिल्ला एम्बुलेन्स सञ्चालन समितिको बैठक बसेर एम्बुलेन्स सञ्चालनका लागि नियम बनाइएको हो।
बैठकले अनुमति लिने संस्थाले नै एम्बुलेन्स सञ्चालन गर्नुपर्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईका अनुसार कतिपय संस्थाले एम्बुलेन्सकाे अनुमति लिने अनि अरुलाई भाडामा लगाउने गरेको पाइएकाले यस्तो नियम ल्याएको बताए।
सञ्चालन अनुमति लिएको स्थानमा रहेर सेवा प्रदान गर्न पनि समितिले निर्देशन दिएको छ। ‘समितिबाट सिफारिस भई खरिद भएका सम्पूर्ण एम्बुलेन्सले सेवा सञ्चालन गर्दा जुन स्थानका लागि अनुमति लिएका सोही स्थानमा रहेर सेवा सञ्चालन गर्नुपर्नेमा अन्य स्थानबाट चलाएको पाइएकाले उनीहरुलाई अनुमति लिएकै स्थानबाट सेवा सञ्चालन भनिएकाे उनले बताए।
यसका लागि १५ दिनको समय दिइएको छ। बैठकले एम्बुलेन्स खरिद एवं राजस्व छुटका लागि सिफारिस गर्दा अन्य गैरसरकारी संस्थाको हकमा कम्तीमा दुई वर्षदेखि सो क्षेत्रमा क्रियाशील रहेको संस्था हुनुपर्ने मापदण्ड बनाउने निर्णयसमेत गरेको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?