Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

औषधालय चिकित्सकविहीन, सेवाग्राही प्रभावित

औषधालय चिकित्सकविहीन, सेवाग्राही प्रभावित

जुम्ला : तत्कालीन कर्णाली अञ्चल आयुर्वेद औषधालय अढाइ वर्षदेखि चिकित्सकविहीन हुँदा सेवा प्रभावित भएको छ।

डा.रमेश केसी ०७२ मङ्सिरमा सरुवा भएर गएपछि केही समयपछि अस्थायी रूपमा आएका चिकित्सक विवेक गुप्ता एक महिना पनि काम नगरेर गएपछि अहिलेसम्म औषधालय चिकित्सकविहीन भएको हो। आयुर्वेद चिकित्सक आठौँ तहको पद रिक्त छ।

हाल वरिष्ठ वैद्य नन्दप्रसाद न्यौपानेको भरमा औषधालय चलिरहेको छ। सामान्य बिरामी आएमा सजिलै उपचार गराउनेदेखि औषधि दिनेसम्मको काम गर्न सकिएको भए पनि जटिल प्रकृतिका बिरामी आए निकै समस्या आउने आयुर्वेद वरिष्ठ वैद्य न्यौपानेले बताए।

औषधालयमा चिकित्सक नभएपछि शल्यक्रियाका काम हुन नसकेको उनको भनाइ छ। वैद्य न्यौपानेका अनुसार चिकित्सकीय सेवा र सामान्य स्वास्थ्यकर्मीले दिने सेवामा धेरै फरक हुन्छ । हाल कर्णाली अञ्चल आयुर्वेद औषधालयमा पाँच जना कर्मचारी कार्यरत छन् । एक जना वैद्य, एक जना आयुर्वेद सहायक, एक सहलेखापाल र दुई कार्यालय सहयोगी छन्। एक चिकित्सकको पद मात्रै रिक्त छ ।

औषधालयमा दैनिक १५ देखि २० जनासम्म बिरामी उपचार गर्न आउँछन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै