औषधालय चिकित्सकविहीन, सेवाग्राही प्रभावित
जुम्ला : तत्कालीन कर्णाली अञ्चल आयुर्वेद औषधालय अढाइ वर्षदेखि चिकित्सकविहीन हुँदा सेवा प्रभावित भएको छ।
डा.रमेश केसी ०७२ मङ्सिरमा सरुवा भएर गएपछि केही समयपछि अस्थायी रूपमा आएका चिकित्सक विवेक गुप्ता एक महिना पनि काम नगरेर गएपछि अहिलेसम्म औषधालय चिकित्सकविहीन भएको हो। आयुर्वेद चिकित्सक आठौँ तहको पद रिक्त छ।
हाल वरिष्ठ वैद्य नन्दप्रसाद न्यौपानेको भरमा औषधालय चलिरहेको छ। सामान्य बिरामी आएमा सजिलै उपचार गराउनेदेखि औषधि दिनेसम्मको काम गर्न सकिएको भए पनि जटिल प्रकृतिका बिरामी आए निकै समस्या आउने आयुर्वेद वरिष्ठ वैद्य न्यौपानेले बताए।
औषधालयमा चिकित्सक नभएपछि शल्यक्रियाका काम हुन नसकेको उनको भनाइ छ। वैद्य न्यौपानेका अनुसार चिकित्सकीय सेवा र सामान्य स्वास्थ्यकर्मीले दिने सेवामा धेरै फरक हुन्छ । हाल कर्णाली अञ्चल आयुर्वेद औषधालयमा पाँच जना कर्मचारी कार्यरत छन् । एक जना वैद्य, एक जना आयुर्वेद सहायक, एक सहलेखापाल र दुई कार्यालय सहयोगी छन्। एक चिकित्सकको पद मात्रै रिक्त छ ।
औषधालयमा दैनिक १५ देखि २० जनासम्म बिरामी उपचार गर्न आउँछन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य