चार उपसचिवकाे सरूवा
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार उपसचिवको सरुवा गरेको छ। निमित्त सचिव डा. सुशीलनाथ प्याकुरेलले सचिवस्तरीय निर्णय गर्दै उपसचिवहरूकाे सरुवा गरेका हुन्।
मन्त्रालयको नीति योजना शाखा प्रमुख लीलाराज पौडेललाई जनसंख्या व्यवस्थापन तथा सूचना शाखा र भक्तराज जोशी नीति योजना शाखा प्रमुख भएका छन्। आयुर्वेद विभागका उपसचिव बाबुराम लामिछानेलाई मन्त्रालय सरुवा गरिएको छ। स्वास्थ्य सेवा विभागका उपसचिव महेश पाण्डे आयुर्वेद विभागमा पुगेका छन्।
मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा कार्यरत उपसचिव बाबुराम खनाललाई स्वास्थ्य सेवा विभागका लागि रमाना दिइएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?