Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कंगाेमा इबाेलाले लियाे २०० जनाकाे ज्यान

कंगाेमा इबाेलाले लियाे २०० जनाकाे ज्यान

अफ्रिकी मुलुक कंगोमा पछिल्लो पटक फैलिएकाे इबोला भाइरसका कारण २०० भन्दा बढीको मृत्यु भएको छ। पछिल्लो तथ्यांकअनुसार २९१ जनामा इबोलाको संक्रमण पाइएको र २०१ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

मृत्यु हुनेमा आधाभन्दा धेरै उत्तरपूर्वी किभु क्षेत्रको बेनी शहरका बासिन्दा रहेको कंगोको राष्ट्रिय स्वास्थ्य प्राधिकरणका अधिकारीहरूले जनाएका छन्। आठ लाख जनसंख्या रहेको सो शहरमा अहिलेसम्म २५ हजार मानिसलाई मात्रै इबोलाविरुद्धको भ्याक्सिन लगाइएको छ।

सेप्टेम्बरमा सशस्त्र समूहले आक्रमण गरेपछि बेनीमा भ्याक्सिन लगाउने कार्य स्थगन भएको थियो। जुलाइबाट देखिएको इबोला भाइरसको पछिल्लो संक्रमण सन् १९७६ मा पहिलोपटक देखापरेपछि दशौँपटक देखिएको जनाइएको छ।

शान्ति स्थापनार्थ कार्यरत संयुक्त राष्ट्रसंघीय मिसनले इबोला रोगको संक्रमण फैलन नदिन खटिएका स्वास्थ्यकर्मीहरूलाई बाधा नपुर्‍या उन विद्रोही समूहहरूसँग आग्रह गरेकाे छ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एदानमले कंगोमा  महामारीसँग लड्नका लागि सुरक्षाले ठूलो चुनौती थपेको बताएका छन्।  कंगो वर्षौँदेखि गृहयुद्ध र राजनीतिक उथलपुथलबाट गुज्रिरहेको छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि