डायलाइसिस सेवा सञ्चालन हुने
बुटवल मिर्गौलाको नियमित डायलाइसिस गर्दै आएका बिरामीलाई लक्ष्य गरी गरी गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले पाल्पामा नै डायलाइसिस सेवा सञ्चालन गर्ने भएको छ।
हाल बन्द अवस्थामा रहेको तानसेन नगरपालिका ६ स्थित श्री प्राथमिक विद्यालय लहरेपिपलको भवनमा सो सेवा सञ्चालन गरिने अस्पतलाले जनाएको छ।
तानसेनमा डायलाइसिस सेवा सञ्चालन भएपछि पाल्पासँगै छिमेकी जिल्ला अर्घाखाँची, गुल्मी, स्याङ्जा र बागलुङबाटसमेत मिर्गौलाको नियमित डायलाइसिस गराउन बुटवल आउनुपर्ने बिरामीलाई राहत मिल्नेछ। डायलाइसिस सेवाको अभावमा हाल सो क्षेत्रका मिर्गौला बिरामी बुटवल, भैरहवा, चितवन तथा काठमाडौँमा पुगेर सेवा लिन बाध्य छन्।
हाल पाल्पा जिल्लाबाट गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा मात्र ४८ जना मिर्गौलाका बिरामीले नियमित डायलाइसिस सेवा लिन आउने गरेका छन्। त्योसँगै पाल्पाका लागि पायक पर्ने गुल्मी, अर्घाखाँची, स्याङ्जा र बागलुङबाट ६२ जना बिरामी नियमित डायलाइसिसका लागि आउने गरेको अस्पतालले जनाएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?