‘साइमन’का संस्थापक अध्यक्ष डा. पाण्डेको निधन, आजै पशुपति आर्यघाटमा दाहसंस्कार
काठमाडौं : वरिष्ठ चिकित्सक डा.श्यामबहादुर पाण्डेको निधन भएको छ। मंगलबार राति बल्खुस्थित बयोधा अस्पतालमा डा.पाण्डेको निधन भएको हो। उच्च रत्तचाप एवं मिर्गाैलारोगी पाण्डे केही समयदेखि बिरामी थिए। उनलाई बयोधाकै आईसीयूमा राखेर उपचार गरिएको थियो।
डा.पाण्डे सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपालका संस्थापक अध्यक्ष हुन्। उनकै नेतृत्वमा सन् १९९४ मा इन्टरनल मेडिसिनका चिकित्सकहरूको साझा संस्था साइमन स्थापना भएको थियो।
साइमनका वर्तमान अध्यक्ष डा.धिरज नारायण मानन्धरले डा. पाण्डेको निधनले इनटरनल मेडिसिनमा ठूलो क्षति पुगेको प्रतिक्रिया दिए। ‘मेडिसिनका डाक्टर थोरै भएका बेला पनि उहाँले सबैलाई एकै थलोमा ल्याउन साइमन जस्तो संस्थाको स्थापना गर्नुभयो’, उनले भने, ‘हामीले अभिभावक गुमाएका छौँ।
अब उहाँको सपना साकार गर्ने जिम्मेवारी हाम्रो काँधका आएको छ।’ डा.पाण्डेको दासंस्कार पशुपति आर्यघाटमा बुधबार नै हुने पारिवारिक स्रोतले जनाएको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’