कालाजारका बिरामी बढे
बाजुरा : जगन्नाथ गाउँपालिकामा कालाजारका बिरामी पाइएका छन्। उत्तरपूर्वी क्षेत्रकाे याे गाउँपालिकामा हालसम्ममा १० जनामा कालाजारको लक्षण देखापरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको हो।
‘साउनयता जगन्नाथ गाउँपालिकामा गरिएको सर्वेक्षणमा १० जनामा कालाजारको संक्रमण देखापरेको छ’, प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका ल्याब असिस्टेन्ट दन्त विकले भने, ‘उपचार जिल्लामा सम्भव नभएकाले उनीहरूलाई नेपालगञ्ज तथा धनगढी पठाउने गरिएको छ।’
हालसम्म प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा मलेरियाको ६३ बिरामीको उपचार भइसकेको निमित्त कार्यालय प्रमुख लोकेन्द्र न्यौपानेले जानकारी दिए।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य