Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कालाजारका बिरामी बढे

कालाजारका बिरामी बढे

बाजुरा : जगन्नाथ गाउँपालिकामा कालाजारका बिरामी पाइएका छन्। उत्तरपूर्वी क्षेत्रकाे याे गाउँपालिकामा हालसम्ममा १० जनामा कालाजारको लक्षण देखापरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको हो।

‘साउनयता जगन्नाथ गाउँपालिकामा गरिएको सर्वेक्षणमा १० जनामा कालाजारको संक्रमण देखापरेको छ’, प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका ल्याब असिस्टेन्ट दन्त विकले भने, ‘उपचार जिल्लामा सम्भव नभएकाले उनीहरूलाई नेपालगञ्ज तथा धनगढी पठाउने गरिएको छ।’

हालसम्म प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा मलेरियाको ६३ बिरामीको उपचार भइसकेको निमित्त कार्यालय प्रमुख लोकेन्द्र न्यौपानेले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन