सामुदायिक विद्यालयमा ‘एक विद्यालय, एक नर्स’
सिन्धुपाल्चाेक : प्रदेश ३ सरकारले सामुदायिक विद्यालयमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम सुरु गरेको छ। पहिलो चरणमा विद्यालय छनोट गरी नर्स छनोट प्रक्रिया सुरु भएको छ।
विद्यार्थीहरु बिरामी हुँदा विद्यालयमै उपचार गराउने लक्ष्यको साथ एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन हुन लागेको हो।
प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले पहिलो चरणमा ‘पाइलट प्रोजेक्ट’ का रूपमा १३ जिल्लाका २० विद्यालयमा नर्स छनोट प्रक्रिया अघि बढाएको सामाजिक विकास मन्त्री युवराज दुलालले बताए।
२० विद्यालयमध्ये सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाभित्रको कृष्णरत्न मावि र भीमेश्वर मावि छनौटमा परेका छन्।






औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम