Health TV Online
Health TV Online
Health TV Online

अायुर्वेद सरकारकाे प्राथमिकतामा : स्वास्थ्यमन्त्री यादव

अायुर्वेद सरकारकाे प्राथमिकतामा : स्वास्थ्यमन्त्री यादव

काठमाडाैं : स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आयुर्वेद विश्वविद्यालय स्थापनाका लागि सरकारले खाका बनाइरहेको बताएका छन्।

‘विगतमा जेजस्तो भए पनि अहिलेको सरकारले आयुर्वेद चिकित्सा पद्धतिलाई प्राथमिकतामा राखेको छ’, उनले भने, ‘प्रदेशपिच्छे आयुर्वेदिक ठूला औषधालय स्थापना गरिनेछ।’

धनवन्तरी जयन्ती तथा आरोग्य दिवसका अवसरमा नरदेवीमा आयोजित आयुर्वेद चिकित्सालय शतवार्षिकी उत्सवमा उनले जडिबुटी खेतीलाई प्रोत्साहन हुने खालका कार्यक्रम ल्याउने विश्वास दिलाए।

आयुर्वेद विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले सरकारले आयुर्वेदको क्षेत्रलाई सीमित बनाएको गुनासो गरे। ‘राज्यले चाहने हो भने विश्व स्वास्थ्य संगठनसँग मिलेर नसर्ने रोगको उपचारमा अायुर्वेदबाट धेरै गर्न सकिन्छ’, उनले भने।

जीवनशैली सुधार, खानपानमा नियन्त्रण आदि आयुर्वेदका विविध पक्ष अहिले विश्वले नै अँगालिरहेको उनको भनाइ छ। कार्यक्रममा चिकित्सालयका पूर्व कर्मचारीहरूलार्इ सम्मान गरिएकाे थियाे।

‘स्वास्थ्य र समृद्धिको आधार, आयुर्वेदको उपचार’ को नारासहित चिकित्सालयले शतवार्षिकी उत्सव मनाएको हो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार