घुम्ती स्वास्थ्य शिविरमा लिए २५० जनाले सेवा
म्याग्दी : धौलागिरी गाउँपालिका–२ लमसुङमा आइतबार सम्पन्न एकीकृत घुम्ती शिविरबाट करीब २५० सर्वसाधारण लाभान्वित भएका छन्।
भौगोलिक विकटता र आर्थिक अभावका कारण सदरमुकाममा रहेका कार्यालयमा आएर सेवा लिन नसकेका बासिन्दालाई लक्षित गरेर गाउँपालिका र वडा कार्यालयको समन्वयमा जिल्ला प्रशासन कार्यालयको आयोजनामा शिविर सञ्चालन भएको हो।
शिविरमा नागरिकता वितरण, स्वास्थ्य परीक्षण, अपाङ्गता परिचयपत्रका लागि सिफारिशलगायतका सेवा दिइएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए।
बेनी अस्पतालका चिकित्सक डा. विराट शर्मा नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले १५० जनाभन्दा बढीलाई स्वास्थ्य परीक्षण, परामर्श र औषधि वितरण सेवा दिएको थियो।
यसअघि शुक्रबार र शनिबार धौलागिरि गाउँपालिकाको दुर्गम बस्ती गुर्जामा सञ्चालित एकीकृत घुम्ती शिविरबाट ५०० ले सेवा लिएका थिए।



व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य