झुटो रिपोर्ट दिने दुर्इ चिकित्सकलार्इ रिहा गर्न संघकाे अापत्ति
धनुषा : बलात्कारको घटनामा झुटो मेडिकल रिपोर्ट दिएका दुर्इ चिकित्सकविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउँदा नेपाल चिकित्सक संघ जनकपुर अञ्चल शाखाले आपत्ति जनाएको छ।
बलात्कारको घटनामा झुटो मेडिकल रिपोर्ट दिने डाक्टरलाई पक्राउ गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दर्ता गरेपछि नेपाल चिकित्सक संघले आपत्ति जनाउँदै आन्दोलनको चेतावनी दिएको हो।
बलात्कारको मुद्दामा झुटो रिपोर्ट दिएको आरोप लागेका चिकित्सक डा. विजयकुमार सिंह र डा. रम्भा गोइतलाई अविलम्ब रिहाइ गर्न माग गरेको छ। उनीहरूलाई रिहाइ नगरे कडा कदम चाल्न बाध्य हुने र त्यसबाट बिरामीमा पर्न जाने क्षतिको जिम्मेवार सम्बन्धित निकाय नै हुने विज्ञप्तिमार्फत चेतावनी दिएको छ।
गत शुक्रबार अख्तियारले जनकपुर अञ्चल अस्पतालका डा. विजयकुमार सिंह र डा. रम्भा गोइतविरुद्ध सरकारी चिकित्सकको पदको दुरुपयोग गरी भ्रष्टाचार गरेकाले हदैसम्म जेल सजाय माग गर्दै मुद्दा दायर गरेको हो।
इलाका प्रहरी कार्यालय, खजुरी धनुषाले गरेको अनुसन्धानअनुसार एक १२ वर्षीया बालिकाको बलात्कारसम्बन्धी स्वास्थ्य परीक्षणमा झुटो रिपोर्ट दिएको आरोपमा उनीहरूलाई निलम्बन गर्नुका साथै लाइसेन्ससमेत रोक्का गरिएको छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य