अाज धनवन्तरी जयन्ती, अाराेग्य दिवस
काठमाडाैं : आयुर्वेदका प्रवर्तक धन्वन्तरि जयन्ती मनाइँदैछ। याे दिन संसारकै पुरानो चिकित्सा पद्धति मानिएको आयुर्वेदका प्रवर्तक धन्वन्तरिको उत्पत्ति भएको दिनको सम्झना गरिन्छ।
देवता र दानव मिलेर समुद्र मन्थन गर्ने क्रममा भगवान् विष्णुको अंशका रूपमा अमृतको कलश लिएका धनवन्तरिको उत्पत्ति भएको पुराणमा उल्लेख छ। त्यसैले आयुर्वेदका विद्यार्थीहरू यो दिन आरोग्य दिवस मनाउँछन्।
नेपालमा आयुर्वेद चिकित्सा क्याम्पस नरदेवी स्थापना भएदेखि धन्वन्तरि जयन्ती मनाउन थालिएको बताइन्छ। आयुर्वेद चिकित्सक संघको पहलमा २०५६ सालदेखि धन्वन्तरि जयन्ती राष्ट्रिय आरोग्य दिवसका रूपमा मनाउने गरिएको छ।
सिंहदरबार वैद्यखाना विकास समिति, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद विभागलगायतले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँछन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?