पुनः काममा फर्किन् स्वास्थ्यसचिव चाैधरी
काठमाडौं : स्वास्थ्यसचिव डा. पुष्पा चौधरी पुनः काममा फर्केकी छिन्। आइतबार अपराह्न मन्त्रालय पुगेर उनले जिम्मेवारी सम्हालेकी हुन्।
स्वास्थ्य मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गर्ने निर्णय कार्यान्वयन नगराउन सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएसँगै उनी पुनः काममा फर्किएकी हुन्।
सरकारले गत २८ असोजको निर्णय भन्दै गत ९ कात्तिकमा सचिव चौधरीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा भएको पत्र थमाएको थियो। त्यसलगत्तै सचिव चौधरीले सरकारको निर्णयविरुद्ध गत बिहीबार अदालतमा रिट दायर गरेकी थिइन्।
सर्वाेच्चले सो रिटको प्रारम्भिक सुनुवाइ गर्दै शुक्रबार उनको पक्षमा अन्तरिम आदेश दिएको थियो। सोही आदेश अनुसार उनी स्वास्थ्य मन्त्रालयमा हाजिर भएकी हुन्।
आइतबार काम सुरु गर्दै सचिव चौधरीले आफूले न्याय पाएको प्रतिक्रिया दिइन्। ‘मेरो बढुवा र काम गराइ स्वास्थ्यसेवा ऐन अनुसार नै भएको छ’, उनले भनिन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण