जुम्ला अस्पतालमा अार्इसीयू सेवा शुरू
जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले आईसीयू सेवा शुरु गरेको छ। आईसीयू सेवा शुरु भएसँगै जटिल प्रकारका विरामीको उपचार जुम्लामै हुने भएको छ।
भेण्टिलेटर सहितको आईसीयू सेवा शुरु भएपछि यहाँका बिरामीलाई राहत मिलेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका रजिष्टार विश्वराज काफ्ले अत्याधुनिक ल्याबसहितको आईसीयू सेवा सञ्चालनमा अाइसकेकाले कर्णालीमै जटिल प्रकारका बिरामीको उपचार हुने बताए।
‘आईसीयू सेवा नहुँदा जटिल प्रकारको बिरामीको अप्रेसन भए पनि राख्ने अवस्था थिएन, तर अहिले जुनसुकै प्रकारको बिरामीको उपचार जुम्लामै हुन्छ’, काफ्लेले भने, आईसीयू सेवा जुम्लामै सञ्चालन भएपछि कम खर्चमै यहाँका बिरामीलाई सक्दो उपचार सेवा प्रदान गरिनेछ।’
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निर्देशक धर्मराज गोसाई आईसीयू सेवाले कर्णालीबासीको मुहारमा खुसी थपिएको बताए। पछिल्लो एक हप्तामा जुम्ला अस्पतालमा झण्डै ८० देखि ९० नयाँ उपकरण भित्रिएका छन्।
आईसीयू कक्षमा तीन वटा शय्या राखिएको छ। प्रतिशय्या दुर्इ हजार रुपैयाँ शुल्क लिने गरिएको छ। अन्यत्र अस्पतालमा आईसीयू शय्रयाकाे तीन हजार रुपैयाँभन्दा बढी शुल्क लाग्छ। यो अस्पतालको आफ्नै फार्मेसी भएकोले सहज भएको प्रशासनले बताएकाे छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?