प्लास्टिक सर्जरी शिविरमा २५ जनाको सफल शल्यक्रिया
मुसिकोट : रुकुम पश्चिमको चौरजहारीमा सञ्चालित तीनदिने निःशुल्क प्लास्टिक सर्जरी शिविरमा २५ जनाको सफल शल्यक्रिया गरिएको छ। जन्मजात ओठ तथा तालु फाटेका र आगोले पोलेर शरीरको एक भाग अर्को भागसँग जोडिएर शरीर सङ्कुचन भएका व्यक्तिको सफल शल्यक्रिया गरिएको हो।
शिविरमा रुकुम, सल्यान र जाजरकोट जिल्लाबाट आएका ४१ मध्ये २५ जनाको सफल शल्यक्रिया गरिएको शिविरका संयोजक बद्री रायमाझीले जानकारी दिए। उनका अनुसार भौगोलिक विकटता र आर्थिक रूपले जिल्ला बाहिर गएर उपचार गर्न नसक्ने व्यक्तिलाई लक्ष्य गरी निःशुल्क सेवा प्रदान गरिएको हाे।
शिविरमा प्लास्टिक सर्जरी गर्न सम्भव भएका व्यक्तिको मात्र सफल शल्यक्रिया गरिएको जनाइएको छ। चौरजहारी नगरपालिकाको आर्थिक सहयोग तथा कल्याणकारी अपाङ्ग सेवा संघ सल्यान र स्थानीय सीबीआरको आयोजनामा शिविर सञ्चालन गरिएको हो । शिविरको प्राविधिक सहयोग कीर्तिपुर अस्पताल काठमाडौँले गरेको थियो।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?