प्रधानमन्त्री पूर्णरूपमा स्वस्थ, अाजै ‘डिस्चार्ज’ हुने
काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट ‘डिस्चार्ज’ हुने भएका छन्। छातीमा संक्रमण र श्वासप्रश्वासको समस्याका कारण सोमबार अस्पताल भर्ना भएका प्रधानमन्त्री ओली शुक्रबार अस्पतालबाट डिस्चार्ज हुन लागेका हुन्।
प्रधानमन्त्री ओलीको सचिवालयले आजै साँझ उनको डिस्चार्जको सम्भावना रहेको जनाएको छ। ‘दिउँसो २ बजे डिस्चार्जबारे सार्वजनिक गर्ने तयारी छ । सम्भवतः आजै साँझ डिस्चार्ज गरिनसक्छ’, प्रेस संयोजक चेतन अधिकारीले भने।
अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.उत्तमकृष्ण श्रेष्ठले शुक्रबार बिहान विज्ञप्ति जारी गर्दै बिहान गरिएका परीक्षणका रिपोर्टहरू सामान्य रहेको जनाएका छन्। प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गर्न लागिएको श्रेष्ठले जानकारी दिए।
‘अहिले प्रधानमन्त्रीलाई कुनै समस्या छैन् उहाँ तन्दुरुस्त हुनु भएको छ’, उनले भने। प्रधानमन्त्री ओलीलाई भेट्न शुक्रबार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेल, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललगायत अस्पताल पुगेका थिए।
छातीमा समस्या देखिएपछि प्रधानमन्त्री ओली गत सोमबार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएर उपचाररत छन् ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’