पूर्ण स्वास्थ्यलाभ गर्दै प्रधानमन्त्री, सम्भवतः अाजै ‘डिस्चार्ज’ हुने
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ। उनलाई ‘डिस्चार्ज’ गर्नेबारे चिकित्सकले छलफल थालेका छन्।
‘प्रधानमन्त्रीले लगभग पूर्ण स्वास्थ्यलाभ गर्नुभएको छ भन्ने ठानेका छौँ’, बिहीबारको नियमित पत्रकार सम्मेलनमा प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले भने, ‘डिस्चार्ज कहिले गर्ने भन्ने विषयमा छलफल गरेका छौँ तर, टुंगोमा भने पुगेका छैनौँ।’
बिहीबार बिहान गरिएको रगत परीक्षण तथा छाती एक्स रे आदिको रिपोर्टहरू सामान्य रहेको र स्वास्थ्य स्थिति सन्तोषजनक रहेको अस्पतालले निकालेकाे विज्ञप्तिमा उल्लेख छ। प्रधानमन्त्रीको रगत परीक्षण तथा छाती एक्स रे आदिको रिपोर्टहरू सामान्य रहेको र स्वास्थ्य स्थिति सन्तोषजनक रहेको कारण आजै डिस्चार्ज हुनसक्ने सम्भावना रहेको अस्पताल स्रोतले जनाएको छ।
छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा असन्तुलित भई सोमबार बिहान अस्पताल भर्ना गरिएका प्रधानमन्त्री ओलीको उपचारमा निजी चिकित्सक तथा मिर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाह, मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, कलेजो विशेषज्ञ डा. दिलिप शर्मा र एनेस्थेसियाका डा. सुवास आचार्य छन्।
प्रधानमन्त्री ओली चार दिनअघि त्रिवि शिक्षण अस्पताल परिसरभित्र रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए।
हेर्नुहाेस् विज्ञप्ति–






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण