यस्ताे अस्पताल, जहाँ बिरामीलाई बन्दी बनाइन्छ, शव अलपत्र राखिन्छ
नैरोबी (केन्या) : पूर्वी अफ्रिकाको सबैभन्दा ठूलो केन्याट्टा नेसनल हस्पिटलमा अन्तर्राष्ट्रिय दातासँग सम्बन्धित दर्जनौँ परियोजनाहरू सञ्चालनमा छन् । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रको भनाइमा यो मेडिकल संस्था ‘सेन्टर अफ एक्सिलेन्स को रूपमा परिचित छ ।
तर सुन्दै आश्चर्य लाग्नसक्छ, यी अस्पतालहरूले बिरामीलाई गैरकानुनी रूपमा बन्धक बनाउँछन्। उपचारका दृष्टिबाट ‘डिस्चार्ज’ गर्न योग्य भइसके पनि अस्पतालको बिल भुक्तानी नगर्ने बिरामीहरुलाई अस्पतालभित्रै थुन्ने, सशस्त्र सुरक्षाकर्मीको निगरानीमा राख्ने र कतिपय अवस्थामा साङ्लो समेत लगाइदिने गर्छन्। कतिपय अवस्थामा आमा र बालबच्चालाई अलग्याउने गर्छन्।
बिरामीको मृत्यु हुँदासमेत शव लैजान पाइन्न। केन्याली अस्पतालहरू र शवगृहमा त्यस्ता सयौँ शव अलपत्र अवस्थामा छन्। सरकारी अधिकारीहरूका अनुसार अस्पतालको बिल भुक्तानी नगरेसम्म ती शव परिवारले लैजान पाउँदैनन्।
दर्जनौं चिकित्सक, नर्स, स्वास्थ्य क्षेत्रका विज्ञ, बिरामी र अस्पतालका प्रशासकहरुले एसोसिएटेड प्रेस (एपी) लाई विश्वका कम्तीमा ३० वटा मुलुकमा यस्तो निकृष्ट प्रचलन रहेको बताए। नाइजेरिया, कङ्गो, चीन, थाइल्याण्ड, लिथुआनिया र बुल्गेरियासमेत दक्षिण अमेरिका र मध्यपूर्वका देशमा बिरामीहरू अस्पतालको कब्जामा परेको देखिएको छ।
अनुसन्धानका क्रममा एसिया र उप–सहारा अफ्रिकाका १४ वटा देशमा बिरामीलाई कब्जामा राखिएका ६० वटा भन्दा बढी समाचार प्रकाशन भएको पाइएको छ। हार्भर्ड ग्लोबल हेल्थ इन्स्टिच्यूटका निर्देशक डा. आशिष झाले यो संवेदनशील विषयमा जति गहिरो रूपमा अध्ययन गर्यो त्यति बढी समस्या देखिने गरेको बताए। यो समस्याबाट विश्वभर लाखौँ मानिस प्रभावित भइरहेको उनले बताए।
केन्याट्टा नेसनल हस्पिटलमा एपीका संवाददाता पटकपटक भ्रमण गर्दा सैनिक पोशाकमा सजिएका सशस्त्र सुरक्षाकर्मी बिरामीको नजिक उभिएका पाइएको थियो। कतिपय बिरामी सुरक्षा घेराभित्र भुइँमै ओछ्यान लगाएर सुतेका थिए । एकजना चिन्तित बाबुलाई आफ्नो छोरा भेट्न समेत गार्डले रोकेका थिए । केही वर्षअघि अदालतले बिरामीलाई बन्धक बनाउनु गैरकानुनी भनी आदेश आदेश गरेपनि यहाँ त्यो कार्यान्वयन भएको छैन।
स्वास्थ्य क्षेत्रका विज्ञहरुले अस्पतालले मानिसलाई बन्धक बनाउनु मानव अधिकारको उल्लंघन रहेको बताएका छन् । तैपनि संयुक्त राष्ट्रसङ्घ, अमेरिका र अन्तर्राष्ट्रिय स्वास्थ्य संस्था, दाता र परोपकारी संस्थाहरूले सबै यो मामिलामा चुपचाप छन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य