गैरकानूनी रूपमा १०० बिरामी मारेको जर्मनेली पूर्वनर्सद्वारा स्वीकार
ओल्डेनवर्ग : जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको स्वीकार गरेका छन्।
जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमबद्ध रूपमा भएको हत्याका आरोपित होएगेलले आफ्नो पहिलो सुनुवाइमा याे कुरा स्वीकारेका हुन्।
अन्य बिरामीको हत्या गरेको अभियोगमा यस पहिले नै आजीवन काराबासको सजाय पाएका ४१ वर्षीय पूर्व नर्स होएगेलले आफूले जानीजानी औषधीको अधिक मात्र बिरामीलाई दिएका बताएका छन् । बिरामीलाई जीवनको अन्तिम समयमा बचाउन सकिने विश्वासमा आफुले अन्तिम उपायका रूपमा त्यसो गरेको उनले बताएका छन् । स्वास्थ्य कानूनले उक्त कार्यलाई अवैध मान्छ ।
उत्तरी शहर ओल्डेनबर्गमा सुनुवाइको पहिलो दिन न्यायाधीश सेवास्टियन बुहेरम्यानले के उनीमाथि लगाइएको आरोपहरू सही हुन् भन्ने जिज्ञासामा होएगेलले उक्त दाबी सही भएको बताए ।
सुनुवाइ शुरू भएपछि बुहेरम्यानले सुनुवाइको प्रमुख उद्देश्य भनेको अस्पताललाई हत्याविरोधी स्थान बनाउने रहेको बताए। जर्मनीका दुई अस्पतालमा भएका कतिपय लापरबाहीका कारण भएका दुःखद घटनामाथि छानविनरहित अवस्थामा छोड्नुको सट्टा कानूनी फैसला दिने उद्देश्यले सुनुवाइ भएको उनले बताए।
अभियोजनकर्ताका अनुसार आरोपित पूर्वनर्सले काम गरेको ओल्डेनबगस्थित अस्पतालमा ३६ बिरामी मारिएका थिए भने करिब ६४ जनालाई नजिकैको डेलमेनहस्ट क्लिनिकमा सन् २००० देखि २००५ सम्ममा हत्या गरिएको थियो ।
होएगेलको जिम्मामा रही उपचारको क्रममा मारिएका १३० शरीरलाई समाधीबाट निकाली अनुसन्धान प्रक्रिया अघि बढाइएको बताइएको छ। हत्या दाबी भएका एक मृतकका आफन्त क्रिश्चियन मारबाकले आफ्ना आफन्तलाई पनि चिकित्सकको अनुमतिबिना नै अस्पतालले मारेको दाबी गरे।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’