स्क्रब टाइफसले सुदूरपश्चिममा दुर्इजनाकाे मृत्यु
डडेल्धुरा : स्क्रब टाइफसको संक्रमणका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा डडेल्धुरा अजयमेरुकी २२ वर्षीया सरस्वती भट्ट र बैतडीको पाटन नगरपालिका सिलंगाकी ९ वर्षीया गंगा पन्त छन्।
उपचारका क्रममा धनगढीमा भट्टको र नेपालगञ्जमा पन्तको मृत्यु भएको उपक्षेत्रीय अस्पताल डडेल्धुराका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले जानकारी दिए।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा ४१ दिनको अवधिमा १३० जनालाई जाँच्दा ५० जनामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको उपक्षेत्रीय अस्पताल डडेल्धुराले जनाएको छ। संक्रमण बढेपछि बिरामी उपक्षेत्रीय अस्पताल डडेल्धुरा पुगेर जाँच गराइरहेका छन्।
स्क्रब टाइफस रोगबाट संक्रमण भएका बिरामीको उपक्षेत्रीय अस्पताल उपचार भइरहेको छ। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, डोटी र बझाङमा स्क्रब टाइफस रोगको संक्रमण देखिएको अस्पतालले जनाएको छ।
डडेल्धुराको अजयमेरु, नवदुर्गा गाउँपालिका, अमरगढी नगरपालिकासँगै बैतडी, डोटी र बझाङ जिल्लाबाट पनि संक्रमण संक्रमण देखिएका बिरामीहरू उपक्षेत्रीय अस्पताल आउने गरेको डा. कँडेलले बताए। स्क्रब टाइफस रोग लागेमा उच्च ज्वरो आउने, मांसपेसी दुख्ने, जिउमा रातो दाग देखा पर्ने, टाउको धेरै दुख्ने लक्षण देखा पर्ने चिकित्सक बताउँछन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’