१० जिल्लाका बिरामीलाई सेवा दिँदै आँखा अस्पताल
भरतपुर : नेपाल नेत्रज्योति संघले सञ्चालन गरेको आँखा अस्पतालले १० जिल्लाका आँखाका बिरामीलाई सेवा दिँदै आएको छ। अस्पतालले पाँच जिल्लामा अस्पताल र आँखा उपचार केन्द्रमार्फत र पाँच जिल्लामा शिविरमार्फत सेवा दिँदै आएको हाे।
चितवनको भरतपुरमा केन्द्रीयस्तरको आँखा अस्पताल, शहरी क्लिनिक र पाँच ठाउँमा आँखा उपचार केन्द्र सञ्चालनमा छ। अस्पतालले नवलपुरको कावासोती, धादिङको सल्यानटार र बाराको सिम्राैनगढमा आँखा उपचार केन्द्र खोलेर सेवा दिँदै आएको छ।
यसैगरी सिम्राैनगढको आँखा उपचार केन्द्रमा हरेक महिनाको दुई पटक शल्यक्रियासमेत गरिँदैआएको छ भने पर्साको ठोरीमा आँखा अस्पताल सञ्चालन गरेको छ ।
नेपाल नेत्रज्योति संघका सभापति कृष्णराज धरेलका अनुसार नवलपरासी, सर्लाही, गोरखा, तनहुँ र लमजुङका बिरामी अस्पताल र सेवा केन्द्र भएका ठाउँमा आएर उपचार लिने गरेका छन् । १० वटै जिल्लामा शिविर आयोजना गरी सेवा दिँदै आएको छ ।
अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार गत आर्थिक वर्षमा एक लाख ६८ हजार ६७ जनालाई सेवा दिएको थियो । याे वर्ष एक लाख ३२ हजार अस्पतालबाट, २५ हजार ५०० आँखा शिविरबाट र ४२ हजार ५९५ उपचार केन्द्रबाट गरी दुई लाखभन्दा बढीलाई सेवा दिने अस्पतालले लक्ष्य राखेको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?