प्रधानमन्त्रीकाे स्वास्थ्यमा निकै सुधार, तर केही दिन अस्पताल बस्नैपर्ने
प्रधानमन्त्रीको स्वास्थ्यमा निकै सुधार आएको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन्। उपचारमा संलग्न मुटुरोग विशेषज्ञ तथा सेन्टरका कार्डियोलोजी विभाग प्रमुख प्राध्यापक डा.अरुण सायमीले स्वास्थ्यमा सुधार अाए पनि ‘एन्टिवायोटिक औषधीको कोर्स’ पूरा नहुन्जेल केही दिन प्रधानमन्त्रीलाई अस्पतालमा नै विशेष निगरानीमा राखिने बताए।
गएराती राम्ररी निदाएका प्रधानमन्त्री ओलीले मंगलबार बिहान उपप्रधानान्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापासँग सानो अनौपचारिक ‘मिटिङ’ गरेको समेत सायमीले जानकारी दिए।
यसैबीच प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन बुधबार बिहान गरिएको पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्यमा आएको सुधारले आफूहरू अत्यन्त खुशी भएको बताए।
शुक्ररबारदेखि नै अस्वस्थ रहेका प्रधानमन्त्रीकाे स्वास्थ्यस्थिति थप जटिल बनेपछि सोमबार बिहान शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा भर्ना गरिएको थियो।
प्रधानमन्त्रीको उपचारमा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको कार्डियोलोजी विभागका प्रमुख प्राध्यापक डाक्टर अरुण सायमीको नेतृत्वमा डा. दिव्या सिंह र डा. सन्तदास सम्मिलित टोली संलग्न छ। डाक्टर सिंह प्रधानमन्त्रीकी निजी चिकित्सक पनि हुन्।
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड