नेपाल क्यान्सर अस्पतालकाे तेस्रो ‘क्यान्सर सर्भाइभर मिट’
ललितपुर : नेपाल क्यान्सर अस्पतालले तेस्रो ‘क्यान्सर सर्भाइभर मिट’ गरेको छ। मंगलबार अस्पतालमा कार्यक्रम गरी स्तन क्यान्सर भएका बिरामीसँग अन्तरक्रिया गएिको हो।
कार्यक्रममा स्तन क्यान्सर सर्भाइभर वन्दना शर्माले आफ्नो अनुभव सुनाइन्। ‘रोगले भन्दा बढी डरले गाल्ने रहेछ’, उनले भनिन्’, त्यसैले क्यान्सर राेगीले उपचारसँगै आत्मबल पनि बलियो बनाउनुपर्छ।’
कार्यक्रममा हेल्थ ह्यापिनेस ट्रेनर सिमन न्यौपानेले कारणविनै खुशी हुने अभ्यास गरे शरीरको रोग प्रतिरोधात्मक शक्ति बढ्ने तर्क गरे। ‘जो हाँस्न जान्दैन, त्यो बाँच्न पनि जान्दैन’, उनले भने, ‘जब रोगले च्याप्दै जान्छ तब स्वास्थ्य ठूलो भन्ने थाहा हुन्छ।’
कार्यक्रममा ६० भन्दा बढी क्यान्सर सर्भाइभर रोगी सहभागी भएको अस्पतालले जनाएको छ।
सुदीप्त (जीवनको नयाँ बिहानी) नेपाल क्यान्सर सहयोग समूहको इकाइ र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा कार्यक्रम गरिहेको हो। अक्टुबर महिनाभर स्तन क्यान्सरसम्बन्धी विभिन्न कार्यक्रम गरेको अस्पतालले जनाएको छ।
अस्पतालले भदौदेखि क्यान्सर सर्भाइभर मिट गर्दै आएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?