प्रधानमन्त्रीकाे स्वास्थ्यस्थिति बुझ्न नेतादेखि सर्वसाधारण टिचिङ अस्पतालमा
काठमाडौं : सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी स्वास्थ्यलाभको कामना गरेका छन्।
महाराजगञ्जस्थित चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरमा उपचाररत प्रधानमन्त्री ओलीलाई भेट्न सभामुख बिहान त्यहाँ पुगेका हुन्।
भेटपछि सभामुख महराले प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार आएको चिकित्सकले आफूलाई जानकारी दिएको बताए।
यस्तै प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे जानकारी लिन नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई पनि मंगलबार बिहान शिक्षण अस्पताल महाराजगञ्ज पुगेका थिए।
यसअघि पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल तथा कांग्रेस सभापित एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सोमबार अस्पताल पुगेर प्रधानमन्त्री अोलीको स्वास्थ्यस्थितिबारे जानकारी लिएका थिए।
प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे जानकारी लिन र स्वास्थ्यलाभको कामना गर्न पार्टीका नेता एवं कार्यकर्ता र शुभेच्छुकको अस्पताल परिसरमा बाक्लो उपस्थिति छ।
छातीमा सङ्क्रमण देखिएका कारण उपचारका लागि प्रधानमन्त्री ओली सो सेण्टरमा सोमबार भर्ना भएका हुन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य