दुर्गममा तीन स्वास्थ्य संस्था सञ्चालनमा
ओखलढुंगा : दुर्गममा तीन स्वास्थ्य संस्था सञ्चालनमा आएका छन्। दमारका पर्यटन व्यवसायी ङिमा शेर्पाको पहलमा जिल्लाको जन्तरखानीको दमार, पात्ले र छेर्मादिङमा तीन स्वास्थ्य केन्द्र सञ्चालनमा आएका हुन्।
पाँच वर्ष अघिसम्म सिद्धिचरण नगरपालिका ६ जन्तरखानीस्थित रहेको दुर्गम गाउँ दमारका बासिन्दाले स्वास्थ्य सेवा विरलै पाउथे। साविकको जन्तरखानी गाविसमा रहेको स्वास्थ्य चौकी पुग्नै तीन घण्टा पैदल हिँड्नुपर्ने बाध्यताले गर्दा गाउँभरिका सबै धामीझाँक्री र जडीबुटीमै भर पर्नुपर्ने बाध्यता थियो। स्वास्थ्य संस्थाको पहुँच नहुँदा उपचार नपाएर कतिको ज्यानसमेत जान्थ्यो।
गाउँका गर्भवती महिलाहरु सबैभन्दा बढी जोखिममा थिए। हुनेखानेले हेलिकोप्टर चार्टर गरेर राजधानी बिरामी पुर्याउँथे। आफ्नो गाउँको यस्तो समस्या देख्दा दमार गाउँका पर्यटन व्यवसायी ङिमा शेर्पालाई भने सधैँ पोल्थ्याे।
सामान्य उपचारका लागि हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता बढ्दै गएपछि भने उनले आफू रहेको देश इटलीमा सहयोगी हातहरु खोजे। उनले बालबालिकासम्बन्धी काम गर्दै गरेमको एउटा ‘कासा आलेस्सा’ नामक संस्था इटालीमा भेटे। बालबालिकालक्षित कार्यक्रम गर्दै आएको उक्त संस्थाले दमार गाउँमा स्वास्थ्य केन्द्र स्थापना गर्न चासो देखायो।
उक्त संस्थाकै सहयोगमा ङिमाले पाँच वर्षअघि आफ्नै घरमा स्वास्थ्य केन्द्र स्थापना गरेर बिरामी जाँच, गर्भजाँच र औषधि वितरण गर्ने व्यवस्था मिलाएका हुन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’