भोलि र पर्सि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ए खुवाइँदै
काठमाडौं : कात्तिक १४ र १५ गरी दुई दिन देशभर पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ए खुवाउने कार्यक्रम सञ्चालन हुँदैछ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) लगायत बालबालिकाका क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय दातृ निकायको कार्यक्रमअन्तर्गत बुधबार र बिहीबार बालबालिकालार्इ भिटामिन ए खुवाइन लागिएकाे हाे।
मन्त्रालयले एक वर्षमा वैशाख ६ र ७ तथा कात्तिक २ र ३ गते सो कार्यक्रम अभियानका रूपमा सञ्चालन गर्ने गर्दछ। यो वर्ष कात्तिक २ र ३ गते बडादशैँ परेकाले मन्त्रालयले कात्तिक १४ र १५ गते सो अभियान सञ्चालन गर्न लागेको हो।
पहिलोचोटि यस पटक ती कार्यक्रमको नेतृत्व गाउँपालिका र नगरपालिकाले गर्दैछन् । देशभरका ७५३ पालिकामार्फत् ती चारवटै सेवा प्रदान गर्न सबै तयारी पूरा भएको बालस्वास्थ्य शाखाअन्तर्गतका पोषण शाखा प्रमुख केदार पराजुलीले बताए।
उनका अनुसार भिटामिन ए क्याप्सुल छ महीनादेखि पाँच वर्षमुनिका करिब २७ लाख तथा एक वर्षदेखि पाँच वर्षमुनिका २३ लाख ५६ हजार ८५३ बालबालिकालाई अल्वेन्डाजोल एक ट्याबलेट खुवाइनेछ। अल्वेन्डाजोल चकलेट स्वादमा रहेको छ।
‘भिटामिन ए ले बालबालिकालाई रतन्धो हुनबाट जोगाउँछ। रोगसित लड्ने क्षमतामा वृद्धि हुँदा उनीहरुलाई झाडापखाला, श्वास प्रश्वासलगायतका सङ्क्रमणबाट जोगाउँछ’, बाल स्वास्थ्य महाशाखाका प्रमुख डा. झलक गौतमले भने।
यसैगरी बालबालिकाका लागि अति आवश्यक सुक्ष्म पोषक तत्वका र”पमा बालभिटा खुवाइदैछ। सन् २००८ देखि छ महीनादेखि दुई वर्षमुनिका बालबालिकालाई बालभिटा खुवाउन शुरुआत गरिएको थियो।
यस पटक बालभिटाको कार्यक्रम ४१ जिल्लामा सञ्चालनमा रहेको मन्त्रालयले जनाएको छ।



व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य