प्रधानमन्त्रीकाे ज्वरो नियन्त्रणमा, सास फेर्न केही सहज
काठमाडौं : छातीमा समस्या देखिएपछि सोमबार बिहान त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा निकै सुधार आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
चिकित्सकका अनुसार अहिले प्रधानमन्त्री ओलीको रगतमा चिनीको मात्रा नियन्त्रणमा छ भने सास फेर्न पनि सहज भएको छ। चिसो बढेसँगै छातीमा समस्या देखिएको र खोकीबाट कफ निस्कन नसकेका कारण श्वासप्रश्वासमा समस्या भएकाले उनलाई अस्पताल भर्ना गरिएको थियो ।
उनलाई सोमबार बिहान शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा भर्ना गरिएको थियो। हाल प्रधानमन्त्री ओलीलाई सीसीयूमा राखेर उपचार गरिएको छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य