Health TV Online
Health TV Online
Health TV Online

भेरी अञ्चल अस्पतालकाे स्तरोन्नति हुने

भेरी अञ्चल अस्पतालकाे स्तरोन्नति हुने

नेपालगञ्ज : भेरी अञ्चल अस्पतालकाे स्तरोन्नति हुने भएको छ। अस्पतालमा बिरामीको चाप बढ्दै गएको र वर्षौँ पुराना जीर्ण भवनका कारण उपचार प्रभावित भएकाले स्तरोन्नतिको प्रयास थालिएको हो।

बाँकेबाट संघीय संसदमा प्रतिनिधित्व गरेका शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईको पहलमा अर्थ मन्त्रालयले भवन निर्माणका लागि सहमति प्रदान गरेको थियो ।

मन्त्री राईका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत असोज १७ गते अर्थ मन्त्रालयलाई पत्राचार गरी अस्पताल भवन निर्माणका लागि सहमति माग गरेकाेमा मन्त्रिस्तरीय निर्णयले निर्माण कार्य  बढाउन सहमति दिएको थियो।

यसअघि उक्त अस्पतालमा क्याथ ल्याब निर्माणका लागि अर्थ मन्त्रालयले डेढ करोड रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो। सरकारबाट १०० र अस्पताल विकास समितिबाट ५० गरी अस्पतालले हाल १५० शय्या सञ्चालन हुँदै आएको मेडिकल सुपेरिटेण्डेण्ट रुपानन्द अधिकारीले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार