प्रतिबन्धित जडीबुटी बरामद
बाँके : भन्सार छलेर भारत लैजान लागिएको प्रतिबन्धित जडीबुटी जटामासी सशस्त्र प्रहरीले बरामद गरेको छ।
सशस्त्र प्रहरी निरीक्षक गणेशकुमार सिंहको नेतृत्वको टोलीले डुडुवा गाउँपालिका—१ नयाँ बस्तीबाट ७५ किलो बराबरको जडीबुटी बरामद गरेको हो।
प्रहरी टोलीले जडीबुटीसँगै भारतीय नम्बर प्लेटको एउटा मोटरसाइकलसमेत बरामद गरेको छ।
बरामद गरिएको जटामसी र मोटरसाइकल डिभिजन वन कार्यालय बुझाइएको छ। सरकारले जटामासीको सङ्कलन तथा बिक्री वितरणमा रोक लगाएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?