प्रधानमन्त्रीकाे स्वास्थ्यमा क्रमिक सुधार : त्रिवि शिक्षण अस्पताल
काठमाडौं : प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ। त्रिवि शिक्षण अस्पतलाले विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओलीको छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा कम देखिएकाे जानकारी दिएकाे हाे।
प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आइरहेको र अरु स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालकाे विज्ञप्तिमा उल्लेख छ। ओलीलाई तीन दिनसम्म अस्पतालमै राखिने भएको उपचारमा संलग्न एक चिकित्सकले बताए।
ओलीको उपचारमा उपचारमा मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, कलेजो विशेषज्ञ डा. दिलीप शर्मा, छाती विशेषज्ञ डा. सन्तकुमार दास, स्नेथेनियाका डा. सुवास आचार्य र मृगौला रोगकी डा. दिव्या सिंह छन्। सिंह ओलीकी निजी चिकित्सक हुन्।
शुक्रबार नै बिरामी परेका ओली शनिबार पार्टीले आयोजना गरेको चियापानमा पनि सहभागी हुन सकेका थिएनन्। त्यसपछि आइतबारको मन्त्रिपरिषद् बैठकमा सहभागी भएका उनलाई स्वास्थ्यमा समस्या अाएपछि सोमबार बिहान साढे ४ बजे अस्पतालमा भर्ना गरिएको हाे।






नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?