प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली मौसमी रुघाखोकी र हल्का ज्वरोबाट सामान्य अस्वस्थ भएका कारण चिकित्सकको सल्लाहबमोजिम दुई दिनदेखि नियमित भेटघाट र बैठकबाट टाढा रही निवासमै आराम गरिरहेका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले अाइतबार जारी गरेको प्रेस नोटअनुसार हाल ज्वरो नियन्त्रणमा आई प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ। स्वास्थ्यमा पूर्ण सुधार आएपछि सार्वजनिक कार्यक्रममा सहभागी हुने प्रेस नोटमा उल्लेख छ।
संक्रमण बढ्नसक्ने भन्दै सचेत रहन डाक्टरले सल्लाह दिएपछि प्रधानमन्त्री ओली शनिवारको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी थिएनन्।
हेर्नुहाेस् प्रेस नाेट–








औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम