प्रदेशलार्इ चाहियाे १० विशेषज्ञ चिकित्सक
काठमाडौं : कर्णाली प्रदेशले आफ्ना लागि आवश्यक विशेषज्ञ चिकित्सक आफैँ नियुक्ति गर्ने प्रक्रिया थालेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले सूचना जारी गरी विभिन्न विधाका १० विशेषज्ञ चिकित्सकका लागि दरखास्त आह्वान गरेको हो।
मन्त्रालयले एमडीजीपी र प्रसूति तथा स्त्री रोग विशेषज्ञ दुई, बालरोग तथा फिजिसियन दुई जना माग गरेको छ। यस्तै प्रदेश अस्पताल सुर्खेतका लागि फिजिसियन एक, हाडजोर्नी तथा नसारोग विशेषज्ञ एक, प्याथोलोजिष्ट तथा साइक्याट्रिसियन एक\एक जना माग गरिएको छ।
यस्तै जिल्ला अस्पताल मुगु र रुकुमका लागि एमडीजीपी तथा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ एक\एक जना माग गरिएको छ।
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड
डा कृष्ण पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
छारेरोग सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न