स्वास्थ्य बिमा बोर्डको निर्देशकका लागि तीन जना सिफारिस
काठमाडौं : स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक पदका लागि तीनजनाको नाम सिफारिस गरिएको छ। बोर्डको निर्देशक छनोट गर्न गठित समितिले दामोदर बर्सौला, श्रीमान् कार्की र रमेशकुमार पोखरेलको नाम सिफारिस गरेको हो।
लोक सेवा आयोगका अध्यक्ष संयोजक रहेको तीन सदस्यीय समितिले सार्वजनिक सूचना जारी गरी कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको थियो। दरखास्त दिने पहिलो चरणको छनोटमा पाँचजना परेका थिए।
समितिले सिफारिस गरेका तीनमध्ये एकजनालाई प्रधानमन्त्रीले स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक छनोट गर्नेछन्।
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड