मुटु अस्पतालमा अत्याधुनिक सिटी स्क्यान उपकरण
बुटवल : गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा अत्याधुनिक सिटी स्क्यान उपकरण भित्रिएको छ। उपकरणले ‘सीटीए कोरोनरी’ स्पष्ट रूपमा देखाउने र मुटुमा जाने नसामा देखिने समस्या पत्ता लगाउन सहज हुने अस्पतालका रेडियोलोजिस्ट डा.अजिज उल्लाहले जानकारी दिए।
सात करोड रूपैयाँ लगानीमा भित्र्याइएको उक्त उपकरणबाट मुटुबाहेक, मिर्गौला, फोक्सो, टाउको, घुँडालगायत शरीरको विभिन्न अंगकाे सिटी स्क्यान गर्न मिल्ने बताइएको छ। डा. उल्लाहले मुटुसँग जोडिएका नसाको अवस्थाका बारेमा पनि सिटी स्क्यानबाट जानकारी लिन सकिने बताए।
मुटु अस्पतालमा गुल्मी, अर्घाखाँची, पाल्पा, कपिलवस्तु, नवलपरासी, रुपन्देही, बाँके, बर्दिया, रोल्पा, रुकुमलगायत जिल्लाबाट सेवाग्राही आउँछन्। रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको सहयोगमा भित्रिएको सो उपकरण शनिबार प्रदेश ५ का प्रमुख उमाकान्त झाले उद्घाटन गर्नेछन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?