राेल्पामा ६७ जना एचआईभी संक्रमित
रोल्पा : जिल्लामा एचआईभी संक्रमितको सङ्ख्या ६७ पुगेको छ। यहाँ कार्यरत रोल्पा प्लस संस्थाका अनुसार संक्रमित पुरुष र महिलाको सङ्ख्या बराबर छ।
जिल्लामा हालसम्म यो रोगका कारण १५ को मृत्यु भइसकेको छ। जीवित संक्रमितमध्ये २६ महिला र २६ पुरुष छन्। संक्रमित बुबाआमाका कारण जिल्लामा तीन बालबालिकासमेत एचआईभी संक्रमित भएका छन्।
संक्रमितमध्ये ३२ जनाले नियमित औषधि सेवन गरिरहेका छन्। रोजगारीको सिलसिलामा भारतलगायत अन्य देश गएकाहरू एचआर्इभी संक्रमित देखिएको संस्थाका अध्यक्ष राधा नेपालीले जानकारी दिइन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?