‘केमोथेरापी’ र ‘इम्युनोथेरापी’ सँगै दिए ‘ट्रिपल नेगेटिभ’ स्तन क्यान्सर’का बिरामीलार्इ राहत
एक अनुसन्धानले ‘केमोथेरापी’ र ‘इम्युनोथेरापी’ सँगै दिए ‘ट्रिपल नेगेटिभ’ स्तन क्यान्सर’को बिरामीको बाँच्ने दर बढ्ने देखिएको छ।
बेलायतको लण्डनस्थित क्विन म्यारी विश्वविद्यालय’, र ‘सेन्ट बार्थोलोम्युज अस्पताल’का अनुसन्धानकर्ताहरूका अनुसार यो प्रक्रियाले बिरामीको बाँच्ने दर १० महिनाले बढाउँछ भने मृत्यु हुने सम्भावना घटार्इ रोग फैलिने सम्भावना ४० प्रतिशतले घट्छ।
ट्रिपल नेगेटिभ स्तन क्यान्सर सबैभन्दा असामान्य र प्राणघातक हो। धेरैजस्तो अवस्थामा यो क्यान्सरमा केमोथेरापी काम नगर्ने र शरीरभरि फैलिने सम्भावना हुन्छ।
इम्युनोथेरापीले शरीरको रोगसँग लड्ने क्षमतालाई बढाउँछ। केमोथेरापी सँगै इम्युनोथेराप दिए ट्रिपल नेगेटिभ स्तन क्यान्सरको ‘ट्युमर’लाई बढ्न दिँदैन।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण