युगाण्डामा इबाेला महामारी फैलिनसक्ने विश्व स्वास्थ्य संगठनकाे चेतावनी
विश्व स्वास्थ्य संगठनले इबोला भाइरस कंगाेबाट युगाण्डातर्फ सर्ने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ। संगठनका अनुसार इबोला युगान्डाको सीमानजिक कङ्गोको माछा मार्ने मानिस बस्ने गाँउमा देखा परेको छ।
संक्रमित स्थलमा बस्ने मानिसहरूले फरक ठाँउमा गएर व्यापार गर्ने भएकाले इबोला भाइरस तीब्र गतिमा सर्ने सम्भावना रहेको जनाइएको छ। कंगोका शरणार्थी ताल तलैया हुँदै युगान्डा जाने गरेका छन्। यो वर्ष मात्रै ७५ हजार शरणार्थी युगाण्डा पसेका छन्।
संगठनले इबाेला विश्वभर फैलिने सम्भावना भने कम रहेको जनाएकाे छ।स्वास्थ्य उपचार लिन बन्द गरेको र लिन नमान्ने व्यक्तिबाट यो भाइरस अन्यन्त्र सर्ने गरेको छ।
कंगाेकी एक महिला इबोलाबाट संक्रमित व्यक्तिको अन्तिम संस्कारका लागि पुगेकी थिइन्। उनले भ्याक्सिन लिन अस्वीकार गरिन्। गत सेप्टेम्बर २० मा सोमिया क्षेत्रस्थित एक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भयाे। उनको सम्पर्कमा रहेका १०० जनाभन्दा बढीलाई भ्याक्सिन लगाइएको जनाइएकाे छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य