कपिलवस्तुमा स्वास्थ्य बिमा गराउने १४ हजार पुगे
कपिलवस्तु : जिल्लामा हालसम्म दुई हजार ७३२ परिवारका १३ हजार ५३९ जना स्वास्थ्य बीमामा आबद्ध भएका छन्। कार्यक्रमबाट भदौसम्म ३७ लाख ७३ हजार ६२० संकलन भएको दर्ता अधिकारी सुजाता महर्जनले जानकारी दिइन्।
जिल्लामा ९६ दर्ता सहयोगी परिचालित छन्। बिमा गर्ने नगरपालिकातर्फ बाणगङ्गा सबैभन्दा अगाडि छ भने कृष्णनगर र शिवराज पछाडि छन्। गाउँपालिकातर्फ विजयनगर अगाडि रहे पनि अन्य तीन गाउँपालिका शून्य प्रतिशतकै सेरोफेरोमा छन्। जनप्रतिनिधिले जनताको स्वास्थ्यलार्इ बहसको विषय नबनाउँदा ६ महिना पुग्नैलाग्दा पनि औसत प्रगति प्रतिशत तीनभन्दा तल रहेकाे स्वास्थ्य बीमा कार्यक्रमका जिल्ला संयोजक मीना भट्टराईले बताइन्।
स्वास्थ्य बीमाको प्रावधानअन्तर्गत पाँच जनासम्मको परिवारले वार्षिक प्रतिपरिवार रु दुई हजार पाँच सय, परिवारका सदस्य पाँचभन्दा बढी भएमा प्रतिसदस्य रु ४२५ का दरले थप शुल्क तिरेर एक वर्षका लागि स्वास्थ्य बिमामा आबद्ध हुन सक्ने व्यवस्था छ। पाँच जनाको परिवारका लागि वार्षिक ५० हजारसम्म र पाँचभन्दा बढी भएमा एक लाख रूपैयाँसम्मको सेवा पाइने प्रावधान छ।
कार्यक्रमबाट बीमाकर्ताले बहिरङ्ग, प्रसूति, एक्सरे, प्रयोगशाला, घाउ चिरफार, टाँका लगाउने, अल्ट्रासाउण्ड, इण्डोस्कोपी, फिजियोथेरापी, मधुमेह, आँखाको उपचारलगायत उपचार सेवा पाउने बताइएको छ। स्वास्थ्य बीमा कार्यक्रममा एक हजार ११८ प्रकारका औषधोपचार पाइने दर्ता अधिकारी महर्जनले बताइन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’