फाेक्साे स्वस्थ राख्ने खानेकुरा
फोक्सो हाम्रो शरीरको महत्त्वपूर्ण अंग हो। यसले हावा छानेर मानिसको अंगप्रत्यंगमा पुर्याउन मद्दत गर्छ। यही फोक्सो स्वस्थ नरहे अन्य अंगले पनि ठीकसँग काम गर्न सक्दैनन्। त्यसैले फाेक्साे स्वस्थ राख्न मद्दत गर्ने केही खानेकुराबारे कुरा गर्दैछाैँ।
स्याउ– भिटामिन ‘सी’, भिटामिन ‘ई’ र ‘बेटा क्यारोटिन’ बढी मात्रामा खानाले फोक्सो स्वस्थ रहने चिकित्सकहरूको भनाइ छ, जुन स्याउमा पाइन्छ। स्याउमा ‘एन्टिअक्सिडेन्ट’ हुन्छ जस्ले फोक्सोलाई स्वस्थ राख्छ।
ओखरः ओखर ‘ओमेगा–३ फ्याट्टि एसिडस्’को उत्कृष्ट स्राेत हो। ओखरको सेवनले दम र अन्य श्वासप्रश्वाससम्बन्धी रोगसँग लड्न मद्दत गर्छ। ओमेगा–३ फ्याट्टि एसिडस् ‘एन्टि इन्फ्लामेटरी’को आहार भएको मानिन्छ।
बेरी– नीलो बेरी(जामुन) फोक्सो स्वस्थ राख्न अत्यावश्यक फल हो। निलो बेरीमा ‘एन्टिअक्सिडेन्ट’ जस्तै भिटामिन ‘सी’ को मात्रा बढी हुन्छ जस्ले ‘सेल’मा हानि पुर्याउने कण नष्ट गर्न मद्दत गर्छ।
ब्रोकाउली– ब्रोकाउलिमा भिटामिन ‘सी’का तत्त्वहरु जस्तै– क्यारेटोनोइडस्, फोलेट, साइटोकेमिकल्स हुन्छ, जसले फोक्सो बिगार्ने तत्त्वहरू नष्ट गर्छ।
रातो मरीच– रातो मरीचमा ‘बेटा क्यारोटिन’ भएकोले यस्को चिया पिउनु उत्तम मानिन्छ, जसले दम हुनबाट बचाउन मद्दत गर्छ।
अदुवा– ‘एन्टि इन्फ्लामेटरी’ मात्र नभइ यसले फोक्सो फोहोर पार्ने तत्त्वहरू समेत नष्ट गर्छ। यसले श्वासनलीमा हुने अवरोध कम गरी फोक्सोको आयु बढाउँछ।



व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य