प्रभावकारी बन्दै टेलिमेडिसिन उपचार सेवा
पर्वत : विकट गाउँमा टेलिमेडिसिन सेन्टर सञ्चालनमा आएपछि गाउँलेले सर्वसुलभ रूपमा स्वास्थ्य सेवा पाउन थालेका छन् । पर्वतको फलेवास नगरपालिका–८ ठानामौलामा स्थानीय चार भञ्याङ सेवा केन्द्रले सञ्चालन गरेको टेलिमेडिसिन सेवा प्रभावकारी बनेकाे हाे।
ग्रामीण क्षेत्रमा इन्टरनेटको माध्यमबाट बेलायतमा रहेका विदेशी विषेशज्ञ डाक्टरले स्वास्थ्य सेवा दिन थालेपछि स्थानीय बासिन्दा लाभान्वित बनेका हुन्। अहिले उक्त सेन्टरमा बिरामीको घुइँचाे लाग्न थालेको छ ।
हाल स्वास्थ्य केन्द्रबाट क्षारे, मानसिक समस्या, पिसाब, छालारोग र नशाका जटिल समस्या भएका बिरामीले स्वदेशी तथा विदेशी विषेशज्ञ डाक्टरहरूबाट स्वास्थ्य सेवा लिइरहेको चार भञ्ज्याङ स्वास्थ्य केन्द्रका प्रमुख रोशन गुरुङले जानकारी दिए।
स्वास्थ्य केन्द्रले इन्टरनेटको माध्यमबाट स्काइपमार्फत बिरामीका समस्या डाक्टरसँंग राख्ने र विषेशज्ञको सल्लाहमा औषधि उपचार हुने गरेको हो । प्रविधिको प्रयोगद्वारा उपचार गर्दा अधिकांश बिरामी निको भएको र केहीले नियमित औषधि सेवन गरिरहेको गुरुङले जानकारी दिए।
२०६६ सालमा बेलायतमा रहेका नेपालीको सङ्गठन चार भञ्ज्याङ तमु समाज यूकेको पहलमा स्थापना भएको चार भञ्ज्याङ स्वास्थ्य केन्द्रले सञ्चालन गर्ने गरेको प्राथामिक स्वास्थ्य सेवा र टेलिमेडिसिन सेवामा प्राथमिक सेवामा दैनिक २५ जनासम्म बिरामीले सेवा लिन आउने गरेका छन् भने टेलिमेडिसिन सेवाअन्तर्गत हालसम्म १०७ जनाले सेवा पाएका छन्।
टेलिमेडिसिन सेवा प्रभावकारी भएपछि हाल फलेवास नगरपालिका कुश्मा नगरपालिका, महाशिला गाउँपालिका, विहादी गाँउपालिका र छिमेकी जिल्ला बागलुङ, र गुल्मीदेखि पनि सेवा लिन बिरामी यहाँसम्म आउने गरेका छन्।
यस केन्द्रमा टेलिमेडिसी सेवाका अतिरिक्त हरेक वर्ष विदेशी विषेशज्ञ डाक्टरको उपस्थितिमा निःशुल्क स्वस्थ्य शिविर पनि आयोजन गर्ने गरिएको छ, भने केन्द्रले स्वास्थ्य जनचेतनाका लागि स्वास्थ्य शिक्षा अभियान पनि सञ्चालन गर्दै आएको प्रमुख गुरुङले जानकारी दिए। उक्त संस्थाको स्वस्थ्य सेवालाई थप प्रभावकारी बनाउनका लागि एम्बुलेन्स सेवा समेत सञ्चालनको तयारीमा रहेको केन्द्रले जनाएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण