जिल्ला जनस्वास्थ्य कार्यालय अब प्रदेश सरकारको मातहतमा
काठमाडौं : सरकारले ७७ वटै जिल्लाका जनस्वास्थ्य कार्यालयहरूलाई प्रदेश मातहत रहेर काम गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातवटै प्रदेश सरकारलाई परिपत्र गरी ७७ वटै जिल्लाका जनस्वास्थ्य कार्यालयको काम गराउन निर्देशन दिएको हो ।
गत साउन १ गतेदेखि लागू भएको स्वास्थ्यको संरचनामा ७ प्रदेशमा ३५ वटा प्रदेश स्वास्थ्य कार्यालय रहने व्यवस्था थियो। अघिल्लो पटक बनाइएको संरचनामा विरोध भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ समिति बनार्इ नयाँ संरचनाको ढाँचा तयार पारेको छ।
नयाँ बनेको समितिले ७७ वटै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालय रहने प्रस्ताव अघि सारेको छ। मन्त्रालयले देशभरका जनस्वास्थ्य कार्यालयका कर्मचारी समायोजन, भौतिक तथा सूचनाजन्य सम्पत्तिहरूको हस्तान्तरण, आर्थिक प्रशासन सम्बन्धी कागजातहरूको व्यवस्थापनका लागि प्रक्रिया शुरु गरेको पनि जनाएको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’