ग्राण्डी अस्पताल ‘पीपीएल टी–ट्वान्टी क्रिकेट’को मेडिकल पार्टनर
काठमाडौं : ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको मेडिकल पार्टनर बनेको छ।
अस्पतालका मेडिकल डाइरेक्टर डा.चक्रराज पाण्डे र क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले सम्झौतापत्रमा हस्ताक्षर गरेकाे साेमबार पत्रकार सम्मेलन गरी जानकारी दिइएकाे हाे।
सम्झौताअनुसार ग्राण्डीले पीपीएलका लागि आवश्यक चिकित्सक, फिजियोथेरापिस्ट र खेल सञ्चालन हुने मैदानमा आवश्यक स्वास्थ्यकर्मी र मेडिकल सामग्रीहरू उपलब्ध गराउनेछ।
सम्झौतापछि अस्पतालका मेडिकल डाइरेक्टर पाण्डेले सफल खेलाडीका लागि खेलको अनुभवका साथै स्वस्थ शरीर र मनोवैज्ञानिक परामर्श पनि अावश्यक हुने बताए। यहाँ उपलब्ध अत्याधुनिक उपकरणसहितको ‘फिजिकल थेरापी’ तथा ‘रिह्याबिलिटेसन’ सेवाका कारण यसअघि थुप्रै खेलाडी चाँडै निकाे भएर मैदानमा फर्केकाे उनले दाबी गरे।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले लामो समयदेखि राष्ट्रिय टिमका खेलाडीकाे उपचार गरी खेल मैदानमा फर्काएकाे भन्दै ग्राण्डीकाे सरहाना गरे।
क्विन्स इभेन्ट्सका प्रबन्ध निर्देशक लामाले पीपीएलसँग सहकार्य गरेकोमा आभार प्रकट गरे।
यही कात्तिक ९ देखि २० गतेसम्म कास्कीस्थित पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुने पीपीएलमा ६ टिम सहभागी हुने लामाले जानकारी दिए।




नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?