पब्लिक हेल्थ चिकित्सक समाजमा डा.आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति
काठमाडाैं : नेपाल पब्लिक हेल्थ चिकित्सक समाजमा नयाँ कार्यसमिति गठन भएको छ। आइतवार बसेको समाजको चौथो साधारणसभाले डा.भीम आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो।
सभाले उपाध्यक्षमा डा.नरेशप्रताप केसी, महासचिवमा डा.अमित भण्डारी, सहसचिवमा डा.नस्तु शर्मा र कोषाध्यक्षमा डा.आशिष केसीलाई चयन गरेको छ। सदस्यहरूमा डा.अर्चना अमात्य, डा.विकास देवकोटा, डा. भीमसिंह टिंकरी, प्रा.डा. सुनिल जोशी र डा.मदनकुमार उपाध्याय छन्।
जनस्वास्थ्यमा विशेषज्ञता राख्ने चिकित्सकहरूको हकहितका लागि १४ वर्षअघि समाज स्थापना भएकाे नवनियुक्त अध्यक्ष डा.भीम आचार्यले बताए। जनस्वास्थ्यतर्फ हाल नेपालमा दुई सयभन्दा बढी चिकित्सक रहेकाे भन्दै आचार्यले उनीहरूलाई सबैलाई समाजमा समेट्ने जानकारी दिए। निवर्तमान अध्यक्ष डा.यशोवर्धन प्रधानले समाजले अझ बढी सशक्त भएर काम गर्ने विश्वास व्यक्त गरे।
एमबीबीएस अध्ययन गरी जनस्वास्थ्यमा पोस्ट ग्राजुयट, डिग्री वा विद्यावारिधि गरेका र नेपाल चिकित्सक संघको सदस्या लिएका चिकित्सकहरू समाजको सदस्य हुन पाउँछन्।
समाजमा हाल ९६ जना सदस्य छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण