क्यान्सरले दिवंगत भएकाहरूको सम्झनामा मैनबत्ती प्रज्ज्वलन
ललितपुर : ‘नेपालीको क्यान्सर उपचार नेपालमै’ भन्ने अभियान चलाउँदै आएको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले क्यान्सरसम्बन्धी जनचेतना जगाउन हस्पिटलको प्राङ्गणमा मैनबत्ती प्रज्ज्वलन गरेको छ।
क्यान्सरका कारण दिवंगत भएकाहरूको सम्झना तथा स्तन क्यान्सरलाई जितेर सामान्य जीवनयापनमा फर्किएका व्यक्तिहरूको स्वास्थ्यलाभको कामना गर्दै मैनबत्ती प्रज्वलन गरिएको हो ।

कार्यक्रममा हस्पिटलका कार्यकारी अध्यक्ष डा.सुदीप श्रेष्ठले क्यान्सर रोगको उपचार नेपालमै सम्भव भए पनि उल्लेख्य मात्रामा नेपालीहरू विदेश धाउनु दुःखद भएको बताए। ‘विभिन्न व्यक्ति र स्वास्थ्य संस्थाले क्यान्सर रोगीलाई विदेशमा गएर उपचार गर्न सल्लाह दिने गरेका छन्’, श्रेष्ठले भने, ‘नेपालकै सम्बन्धित स्वास्थ्य संस्थामा क्यान्सरको उपचार उपलब्ध छ भन्ने प्रचारप्रसार गर्न जरूरी छ।’
क्यान्सर रोगको कारण मृत्युवरण गरेकाहरूको सम्झनामा कार्यक्रममा एक मिनेट मौनधारण समेत गरिएको थियो। कार्यक्रममा सेन्टरका चिकित्सक, कर्मचारी र विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी थिए।

नेपाल क्यान्सर हस्पिटलले समय समयमा क्यान्सरसम्बन्धी सचेतनाका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य