गर्भ जँचाउन अाउनेलार्इ अण्डा उपहार
ओखलढुंगा : मानेभञ्ज्याङ गाउँपालिका–५ मा स्वास्थ्य चौकीमा नियमित गर्भ परीक्षण गराउने गर्भवतीलाई अण्डा उपहार दिने गरिएको छ। तत्कालीन मानेभञ्ज्याङ गाविसको सहयोगमा सगरमाथा आमा समूहले २०६८ सालदेखि यो अभियान सञ्चालन गरेको हो।
यसका लागि गर्भवती महिलाले ४, ६, ८ र ९ महिना गरी चार पटक अनिवार्य गर्भ जाँच गराउनुपर्छ। पहिलोपटक गर्भ जाँच गराउँदा चार, दोस्रोपटक गराउँदा ६, तेस्रोपटक गराउँदा अाठ र चौथोपटक गराउँदा नाै वटा अण्डा उपहार दिने गरिएको समूहकी अध्यक्ष माया राईले बताइन्।
हरेक गर्भवतीलाई नियमित गर्भ परीक्षण र स्वास्थ्य संस्थामै सुत्केरी हुन प्रोत्साहन गर्ने कार्यक्रमको मुख्य उद्देश्य छ। हाल गाउँपालिकाको आर्थिक सहयोगमा यो कार्यक्रम सञ्चालन भइरहेको छ।
आठ वर्षको अवधिमा साढे चार सयभन्दा गर्भवतीले गर्भ जाँच गराइ अण्डा उपहार लिइसकेको समूहकी सचिव भावना राईले जानकारी दिइन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य