अञ्चल अस्पतालकाे फार्मेसीमा औषधि अभाव
कैलाली : धनगढीस्थित सेती अञ्चल अस्पतालकाे फार्मेसीमा औषधि अभाव भएको छ। फार्मेसीले उपलब्ध गराउँदै आएको ४८५ औषधिमध्ये २८५ प्रकारका औषधि अभाव भएको हो।
सेती अञ्चल अस्पतालका फार्मेसी इञ्चार्ज भरत कुँवरले चालु आर्थिक वर्ष शुरु भएदेखि खरिद नभएका कारण औषधि अभाव भएको बताए। औषधि किन्न आउने दैनिक २०० सयभन्दा बढी ग्राहकलाई फर्काउनु परेको इञ्चार्ज कुँवरले जानकारी दिए।
अस्पताल प्रशासनले औषधि खरीदका लागि टेन्डर समयमा नगर्दा फार्मेसीमा औषधि अभाव भएको हो। औषधि अभावका कारण हजारौँ मान्छे प्रभावित भएका छन्। औषधि अभावले फार्मेसी सुनसान हुँदा अञ्चल अस्पताल परिसर बाहिर रहेका मेडिकलमा भने घुइँचाे लाग्ने गरेको छ।




अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’